प्रतिनिधिसभा र राष्ट्रियसभाका ४१ सांसदले ६ महिनामा स्वास्थ्योपचारवापत ६८ लाख रुपैयाँ राज्यकोषबाट खर्च गरेका छन् ।
संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई जेठदेखि कात्तिकसम्मको ६ महिनामा ६८ लाख ४ हजार १ सय ८४ रुपैयाँ उपलब्ध गराइएको खबर आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।