नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट लम्बिएको छ ।
मंसिर १२ मा बसेको सचिवालय बैठकमार्फत नेकपाले केन्द्रीय सदस्यहरुको जिम्मेवारी टुंग्याउने जनाएको थियो । केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँटका लागि गृहकार्य नपुगेको भन्दै त्यस दिन फेरि मंसिर १० मा अर्को बैठक बस्ने भनिएको थियो ।
मंसिर ११ मा पनि गृहकार्य नपुगेको भन्दै १२ गते साँझ बैठक बसेको थियो । तर, शीर्ष नेताहरुबीच नै भागबन्डाको बखेडा बल्झिएपछि अझसम्म जिम्मेवारी बाँडफाँटको टुंगो लाग्ने स्थिति नबनेको खबर बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।