अंग्रेजी नयाँ वर्ष मनाउन भन्दै पुस २ मा पोखरा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले विभिन्न दलका ३ सय ८५ जनासँग सामूहिक भेटघाट गरेका छन् ।
स्रोतका अनुसार ज्ञानेन्द्र शाहले राजपा, नेपाली कांग्रेस, राप्रपा नेपाल, राप्रपा प्रजातान्त्रिक, राप्रपा राष्ट्रवादीलगायत दलका नेतासँग भेट गरे ।
पूर्वराजा ज्ञानेन्द्रले मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे विभिन्न तहका नेतासँग जानकारी लिएको खबर बुधबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।