१९ पुसमा प्रहरीले धादिङको गजुरीबाट चार किलोसहित तीन व्यक्तिलाई पक्राउ गरेको भन्दै पत्रकार सम्मेलन गरेको थियो ।
प्रदेश– ३ कार्यालय हेटौंडा इलाका प्रहरी कार्याालय गजुरीबाट खटिएको टोलीले बरामद गरेको सुनसहित तीन आरोपीलाई सार्वजनिक गरेको थियो ।
प्रहरीले यसरी बरामद गरेको सुन राजस्व अनुसन्धान विभागमा तत्कालै दाखिला गर्नुपर्छ । तर, राजस्व अनुसन्धान विभाग भन्दै छ– ‘धादिङमा बरामद भएको भन्दै प्रहरीले सार्वजनिक गरेको सुन होइन, तामा र ढलौट मिसिएको धातु हो ।’
सुनमाथिको जालझेलसम्बन्धी यो खबर मंगलबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।