काठमाडौं प्रहरीको हिरासतमा छन्– पाँचथरको फलैंचा गाउँपालिकाका रविनकुमार चिमोरिया । उनको व्यवहारले प्रहरीलाई आश्चर्यमा पारिदिएको छ ।
अरु अभियुक्त समातिएपछि बयान फेर्छन् । तर, चिमोरियाले भने सधैं सही बताउँछन् । चिमोरियाविरुद्ध ६ अभियोग प्रहरीमा दर्ता छन् । दुई जबरजस्ती करणी, तीन ठगी र एउटा चोरी मुद्धा उनीमाथि लागेका छन् । तर, जबरजस्ती करणीबाहेक अन्य अभियोगलाई सहजै स्वीकारर्छन् उनी ।
सुरुमा चिमोरियाविरुद्ध दाङकी एक महिलाले उजुरी दिएकी थिइन् । पछि अनुसन्धान गर्दै जाँदा उनका थप आपराधिक गतिविधि बाहिरिएको खबर सुवास गोतामेको बाइलाइनमा शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।