सीमित व्यवसायीको ट्याक्सीमा रहेको एकाधिकार तोड्दै सरकारले नयाँ ट्याक्सी दर्ता खुला गर्ने तयारी गरेको छ ।
सरकारले यसअघि नयाँ ट्याक्सीको दर्ता प्रक्रिया नखोल्दा सीमित ट्याक्सी व्यवसायीको एकाधिकारलाई संरक्षण गर्दै आइरहेको आरोप खेपेको थियो ।
उपत्यकामा ट्याक्सी दर्ता खुलाउन मन्त्रालयसँग पहलकदमी गरिरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले बताएको खबर हिमाल लम्सालको बाइलाइनमा सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।