newskoseli.Com

महराले सांसदबाट राजीनामा नदिने : ‘नेकपामै नभएकाले’ दलको ‘सुझाव’ नमान्ने

संसद् सचिवालयकी एक महिला कर्मचारीलाई ‘यौन दुर्व्यवहार’ गरेको आरोपमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू ‘नेकपाको सदस्य नभएको’ भन्दै पार्टीको निर्देशन नमान्ने बताएका छन् । सभामुखको निर्वाचनसँगै पार्टीको साधारण सदस्यता समेत त्याग गरेको बताउँदै आफू नेकपामै नभएकाले सो पार्टीको ‘सुझाव’ मानेर राजीनामा नदिने उनले बताएका हुन् ।

दुर्व्यवहारको घटना सार्वजनिक भएसँगै सभामुख र सांसद पदबाट समेत राजीनामा दिन नेकपाले महरालाई निर्देशन दिएको थियो । तर, उनले सांसद पदबाट राजीनामा नदिई सभामुख पदबाट मात्रै राजीनामा दिए । उनले राजीनामा नदिँदा उनी संसदमा स्वतन्त्र सांसदका रूपमा रहन सक्छन् । आफू नेकपाको नेता नै नभएको भन्दै सो पार्टीको सुझाव किन मान्ने भनेर उनले राजीनामा नदिएको उनीनिकट नेताहरु बताउँछन् ।

उनको भनाइ उद्धृत गर्दै नेकपाका एक नेताले भने– ‘मैले किन राजीनामा दिने ? म अहिले नेकपामा छैन, त्यही भएर सो पार्टीको सुझाव मान्न म बाध्य छैन ।’ महरा प्रकरणको एउटा अनुत्तरित जिज्ञासासम्बन्धी यो खबर सविन शर्माको बाइलाइनमा आइतबारको राजधानी दैनिकमा प्रकाशित छ ।

याे पनि पढ्नुहाेस्–
महराले दिए यस्तो बयान : थप ५ दिन थुनामै, इजलासमै पुगेर ‘पीडित’ महिलाले के भनिन् ?

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर