newskoseli.Com

आलमको अर्काे अपराध : ‘ज्युँदै मान्छे झुन्ड्याउन लगाएका थिए’

१७ चैत, २०५६ । रौतहटको जिविसमा आएका तत्कालीन वन राज्यमन्त्री मोहम्मद आफताब आलमका निकट महताव आलमसहितको एउटा समूहले सभापति रामचन्द्र राउतको कार्यकक्षबाट जयप्रकाश कौशललाई अपहरण गरे । त्यसका लागि उनीहरुले जिविस परिसरमा रहेको ना अ झ ४४१ नम्बरको सरकारी गाडी प्रयोग गरेका थिए ।

जाँचबुझका क्रममा उक्त गाडी जिल्ला वन कार्यालयको भन्ने पुष्टि भयो । एमाले कार्यकर्ता समेत रहेका कौशल अपहरणलगत्तै कुटपिटमा पर्छन् अनि उनलाई आलमका काका शेख जर्नेलको घरमा लगिन्छ । उल्टो पारेर ‘सिलिङ फ्यान’ मा झुन्ड्याइन्छ ।

व्यापक खोजतलासपछि त्यही दिन बेलुकी शेख जर्नेलको घरबाट कौशललाई प्रहरीले अपहरणमुक्त गराएको खबर दुर्गा खनालकृष्ण ज्ञवालीको बाइलाइनमा बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर