प्रधानमन्त्री केपी शर्मा ओलीको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ‘डायलाइसिस’ गरिएको छ । बुधबार बिहान प्रधानमन्त्री ओलीलाई नियमित परीक्षणका लागि अस्पताल लगिएको बताइए पनि उनलाई आईसीयूमा राखेर गोप्य रुपमा डाइलाइसिस गरिएको स्रोतले जानकारी दियो ।
प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बुधबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा भने प्रधानमन्त्री नियमित उपचार प्रक्रियाका लागि भर्ना भएको उल्लेख छ । अस्पताल प्रशासनले प्रधानमन्त्रीको विषयमा औपचारिक जानकारी दिन नचाहेको खबर स्वरुप आचार्य र अतुल मिश्रको बाइलाइनमा बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
थप यो पनि पढ्नुहोस्–
‘कि मिर्गौला प्रत्यारोपण नत्र नियमित डाइलाइसिस’ : प्रधानमन्त्रीका स्वास्थ्य विकल्प