‘छोरा नभए अपुतो भन्ने समाजमा इज्जत जोगाउन ११ पटक सुत्केरी भएँ, तीन सन्तानको सानैमा निधन भयो, अझै छोरा जन्मिएन’– शुभकालिका गाउँपालिका– ३ की जमरा रोकायाले भावुक हुँदै सुनाइन् ।
छोरा पाउने आसमा ११ चोटी सुत्केरी हुँदा पनि छोरा नजन्मिँदा जमरा रोकायाले समाजबाटै अपहेलित हुनुपर्यो । अहिले जमराका १ छोरा जन्मिए अनि बल्ल समाजले ‘सफल महिला’ ठान्यो । जमराका आठ छोरी छन् । छोरीहरुको विवाह भएर पनि जमराले नाति–पनाति देखिसकिन् ।
‘अंश खाने’ छोरो नै चाहिन्छ भन्ने समाजले गर्दा धेरै आफूले धेरै दुःख पाएको उनले सुनाएको खबर विश्वनाथ सिम्खडाको बाइलाइनमा आइतबारको राजधानी दैनिकमा प्रकाशित छ ।