तराईका जिल्लामा केही साताअघि सुरु भएको शीतलहरका कारण जनजीवन प्रभावित भइरहेको छ ।
यता काठमाडौंको न्यूनतम तापक्रम शनिबार जुम्लापछिकै मापन भएको छ, जुन यस वर्षकै सबैभन्दा कम हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा शनिबारको न्यूनतम तापक्रम शून्य दशमलव ६ डिग्री सेल्सियस थियो भने अधिकतम तापक्रम १५ दशमलव ७ डिग्री । बिहीबार काठमाडौंको न्यूनतम तापक्रम शून्य दशमलव ९ डिग्री मापन भएको थियो ।
त्यसयता उतारचढाव आइरहेको काठमाडौंको तापक्रम शनिबार पुनः घटेको हो । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार काठमाडौंसहित मुलुकभर चिसो बढेको खबर सविन शर्माको बाइलाइनमा आइतबारको राजधानी दैनिकमा प्रकाशित छ ।
यो पनि पढ्नुहोस्–
राजधानीको तापक्रम ०.६ डिग्री : यस्तो छ ३ दिनको मौसमी पूर्वानुमान