newskoseli.Com

देउवाको ‘पेलाइ’ : ‘प्रतिरोध’ को रणनीति बनाउँदै पौडेल–सिटौला पक्ष !

बहुमतको बलमा सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको कार्यकाल एक वर्ष थप गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको विवाद उत्कर्षमा पुगेको छ ।

२६ मंसिरदेखि सुरु केन्द्रीय समितिको बैठकलाई वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले निरन्तर बहिष्कार गर्दै आएपछि संस्थापन पक्षले शुक्रबार बहुमतका आधारमा केन्द्रीय समितिको कार्यकाल एक वर्ष थप गर्ने र २०७७ फागुनमा १४औं महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

तर, कांग्रेसभित्रको संस्थापन बाहेकका नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूह भने कांग्रेसको इतिहासमै पहिलो पटक बहुमतको बलमा केन्द्रीय समितिको कार्यकाल थप गरिएकाले यसले पार्टीलाई दुर्घटनातर्फ लैजाने भन्दै सो निर्णयप्रति असन्तुष्ट छन् । निर्णय फिर्ता लिन उनीहरूले माग गरेका छन् ।

देउवाले उनीहरूको अनुपस्थितिमा नै केन्द्रीय कार्यसमितिको कार्यकाल थप गर्नेलगायतका महत्त्वपूर्ण निर्णय गरेपछि पौडेल–सिटौला समूह सो निर्णयविरुद्ध रणनीति नै बनाएर ‘प्रतिरोध’ गर्ने गृहकार्यमा जुटेको खबर महेश्वर गौतमको बाइलाइनमा आइतबारको राजधानी दैनिकमा प्रकाशित छ ।

यो पनि पढ्नुहोस्–
पौडेल–सिटौलालाई ‘पेलेरै’ अघि बढे देउवा

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर