newskoseli.Com

पौडेल–सिटौलालाई ‘पेलेरै’ अघि बढे देउवा

कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीभित्रका असन्तुष्ट पक्षलाई पेलेरै अघि बढेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र सभापति देउवा पक्षबीच लगातार वार्ता भएर सहमति नजिक पुग्नै लाग्दा देउवा एक्लैले पार्टीमा महत्त्वपूर्ण निर्णय लिएका छन् ।

केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकले केन्द्रीय कार्यसमितिको कार्यकाल एक वर्ष थप्ने, विभागहरुको संख्या ४७ पुर्‍याउने, चौधौं महाधिवेशन २०७७ फागुनमा गर्ने, तरुण दलको म्याद ६ महिना थप्नेलगायत विभिन्न ९ वटा निर्णय गरेको छ । वरिष्ठ नेता पौडल, महामन्त्री शशांक कोइराला र अर्का नेता कृष्णप्रसाद सिटौला पक्षले भने सो बैठक बहिष्कार गरेका थिए ।

केन्द्रीय कार्यसमितिको म्याद २०७७ फागुन १९ सम्मका लागि थपिएको छ । देउवाको यस्तो कदमले कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किने भएको छ । वरिष्ठ नेता पौडेलले ‘जे भइरहेको छ, त्यो ठीक नभएको’ बताएको खबर  खगेन्द्र भण्डारीको बाइलाइनमा शनिबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर