newskoseli.Com

नेकपाको सचिवालय बैठक बस्दै : मुख्य छलफल स्वास्थ्य सामग्री खरिदबारे

फाइल तस्बिर

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको छ । मंगलबार अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो ।

सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा कोभिड–१९ (कोरोनाभाइरस) र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुनेछ । लकडाउनपछि पहिलो पटक नेकपाले बैठक बोलाएको हो । नेकपाभित्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सचिवालय बैठक बोलाउन दबाब दिइएको थियो ।

सोही दबाबपछि प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग प्रचण्डले छलफल गरेपछि मंगलबारका लागि बैठक डाकिएको हो । स्वास्थ्य सामाग्री खरिदको विवाद र त्यसपछि सेनालाई दिइएको जिम्‍मेवारीबारे नेकपाभित्रै विवाद छ । यस बैठकमा मुख्य छलफल सोही विषयमा हुने बताइएको खबर मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर