४५ दिनसम्म जारी लकडाउनको मोडालिटी (स्वरुप) ४६औं दिनदेखि परिवर्तन गर्ने संकेत सरकारले गरेको छ । ११ चैतदेखि जारी लकडाउन २५ वैशाखसम्म कायम रहनेछ । त्यसपछि थप १५ दिन लकडाउन जारी नै राख्ने गरी निर्णय भैसकेकाे बताइएकाे छ ।
तर, २६ वैशाखदेखि भने लकडाउनको स्वरुपमा केही परिवर्तन गरी क्षेत्रअनुसार केही खुकुलो बनाउने तयारी सरकारले गरेको हो । सरकारको योजनाअनुसार २५ वैशाखपछि कृषिजन्य वस्तुको उत्पादन, भण्डारण तथा बिक्री–वितरणमा बन्देज नलाग्ने गरी लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको खबर मंगलबारको राजधानी दैनिकमा प्रकाशित छ ।