newskoseli.Com

२५ गतेपछि के हुन्छ लकडाउन ? ‘स्वरुप परिवर्तन’ को यस्तो छ प्रयास

फाइल तस्बिर

४५ दिनसम्म जारी लकडाउनको मोडालिटी (स्वरुप) ४६औं दिनदेखि परिवर्तन गर्ने संकेत सरकारले गरेको छ । ११ चैतदेखि जारी लकडाउन २५ वैशाखसम्म कायम रहनेछ । त्यसपछि थप १५ दिन लकडाउन जारी नै राख्ने गरी निर्णय भैसकेकाे बताइएकाे छ ।

तर, २६ वैशाखदेखि भने लकडाउनको स्वरुपमा केही परिवर्तन गरी क्षेत्रअनुसार केही खुकुलो बनाउने तयारी सरकारले गरेको हो । सरकारको योजनाअनुसार २५ वैशाखपछि कृषिजन्य वस्तुको उत्पादन, भण्डारण तथा बिक्री–वितरणमा बन्देज नलाग्ने गरी लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको खबर मंगलबारको राजधानी दैनिकमा प्रकाशित छ ।

थप जानकारीका लागि यो समाचार पनि पढ्नुहोस्–

लकडाउन जेठ १० सम्म बढाउने सरकारको तयारी !

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर