newskoseli.Com

कोरोना महामारी : ‘उपत्यकामै संक्रमित संख्या बढ्ने निश्चित’, सबै उमेरसमूह जाेखिममा

सरकारले चैत ११ देखि लकडाउन गरे पनि काठमाडौंमा आवागमन रोकिएको छैन । थानकोट, फर्पिङ, जगातीलगायतका नाकाबाट छिर्ने क्रम बढेपछि उपत्यकावासी असुरक्षित महसुस गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल भन्छन्– ‘लकडाउन घोषणा नाम मात्रको छ, पीसीआर परीक्षणको दायरा बढाउने हो भने उपत्यकामै संक्रमितको संख्या बढ्ने निश्चित छ ।’

सबै उमेरसमूहका व्यक्तिमा कोरोना संक्रमणको खतरा रहेकाले सचेत रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाले आग्रह गरेका छन् । डा. देवकोटाले मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा सचेत रहन सबैमा आग्रह गरेका हुन् ।

‘संक्रमित धेरैजसो २० देखि ५० वर्ष उमेरसमूहका छन्, सबै उमेरसमूहका व्यक्तिलाई संक्रमण हुन सक्छ, सचेत र सजग रहन आग्रह सबैलाई गर्दछौं’– डा. देवकोटाले भनेको खबर दिनेश गौतमको बाइलाइनमा शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

याे पनि पढ्नुहाेस्–
२५८ मा कोरोना : बिहानै थपिए ९ संक्रमित, काठमाडौंमा २ सहित बिहीबार ६ जना

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर