newskoseli.Com

संक्रमणको बेला समेत राष्ट्रपतिको राजसी ‘सवारी’ !

कोरोनाभाइरस महामारीबाट बच्न सरकारले जारी गरेको लकडाउनले सुनसान बनेका फराकिला सडकलाई शुक्रबार झन् सुनसान पारिए । तिनै सुनसान सडकको बीच–बीचमा सुरक्षाकर्मी तैनाथ छन् । दृश्य देख्दा लाग्छ– यत्रो सुरक्षाकर्मी किन राखिए होलान् ?

शितलनिवासदेखि नयाँ बानेश्वरसम्मको सडकमा सुरक्षाकर्मी मात्रै देखिए । कारण थियो– राष्ट्रपति विद्यादेवी भण्डारीको ‘सवारी’ । अरू बेला सर्वसाधारणलाई सडकमा उभ्याएर ‘सवार’ हुने राष्ट्रपति शुक्रबार भने खुला सडकमा जम्बो सुरक्षाफौज लिएर नयाँ बानेश्वरतर्फ लागिन् ।

सर्वसाधारणको ओहोरदोहोर रोकिएका बेला उनलाई ‘सुरक्षा’ प्रदान गर्न उपत्यकाका अधिकतर सुरक्षाकर्मी परिचालित थिए । उनको ‘सवारी’ चलाउन विनामास्क सडकमा परिचालित सुरक्षाकर्मी तैनाथ थिए । उनको अघि–पछि तैनाथ भएका सुरक्षाकर्मीले मास्क समेत लगाउन पाएका थिएनन् । राष्ट्रपतिको सवारीका कारण सुरक्षाकर्मीले भौतिक दुरी समेत कायम राख्न सकिरहेका थिएनन् ।

सरकारको आगामी आ.व. को नीति तथा कार्यक्रम सार्वजनिक गर्न शुक्रबार दिउँसो ४ः१० बजे उनी संसद् भवन ओर्लिइन् । हातमा पञ्जा र मास्क लगाएकी राष्ट्रपति संसद् भवनतर्फ अघि बढिन् । सँगसँगै थिए, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, थुप्रै मन्त्री, नेता र सांसदहरू ।

कोरोना महामारीले मुलुक थला परिरहेका बेला राष्ट्रपतिको ‘सवारी’ पनि सामान्य होला भन्ने अनुमान धेरैको थियो । सादा ढंगले उनी संसद् भवन पुग्छिन् होला भन्ने सोचेका सर्वसाधारणले राष्ट्रपतिको ‘सवारी’ मा पुरानै छनक पाएको खबर शिवहरि घिमिरेको बाइलाइनमा आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।

यो पनि पढ्नुहोस्–
के–के छन् सरकारकाे नीति तथा कार्यक्रममा ? (पूर्णपाठसहित)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर