newskoseli.Com

अफगाननिस्तानमा भएको आक्रमणको पाकिस्तानद्वारा निन्दा आक्रमणमा परी ३० व्यक्तिको मृत्यु हुनुको साथै ५८ घाइते

अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको दुई वटा आत्मघाती आक्रमणको पाकिस्तानले निन्दा गरेको छ ।  आक्रमणमा परी कम्तीमा ३० व्यक्तिको मृत्यु हुनुको साथै  ५८ जना घाइते भएका छन् ।

आक्रमणको तालिवान आतङ्ककारी समूहले जिम्मा लिएका छन् । स्थानीय समयाअनुसार बिहीबार बिहान ११ बजे भएको सो आक्रमणको तालिवान कमाण्डर जाबिहुल्लाह मुजाहिदले जिम्मा लिएका हुन् ।प्रहरीको तालिम पूरा गरी फर्किरहेका ती नयाँ प्रहरी सदस्य चढेका बसहरूमा भएको आतङ्ककारी आक्रमणमा परी कम्तीमा ३० को मृत्यु हुनको साथै अन्य ५८ जना घाइते भएका जनाइएको छ ।

आक्रमणको अफगान राष्ट्रपति असरफ घानीले पनि कडा शब्दमा निन्दा गरेका छन्। अफगानिस्तानको राजधानी काबुलमा भएकोआक्रमणमा १४ नेपाली सुरक्षा गार्डको मृत्यु भएको करिब एक हप्तापछि नै भएको मानवताहिन आक्रमण पुनः भएकोमा उनले निन्दा गरेका छन्।
क्यानाडाली राजदूताबासको लागि खटिएका नेपाली गार्डहरू चढेकाे एक बसमा भएको आक्रमणमा परी ती १४ नेपालीले ज्यान गुमाएका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर