newskoseli.Com

नेपाली प्रवासी श्रमिक संघ युएईको क्षेत्रीय कमिटी विस्तार

नेपाली प्रवासी श्रमिक संघ युएईले  जुन, २०१६ मा विशेष भेलाको आयोजना गरेर ३ वटा  क्षेत्रीय कमिटी विस्तार गरेको छ । त्यसैगरी निस्क्रिय रहेको एउटा कमिटी विघटन गरिएको समेत नेपाली प्रवासी श्रमिक संघ युएर्इका अध्यक्ष रामेश्वर भेटवालले जानकारी दिएका छन्।

सारजाह क्षेत्रीय कमिटी 

अध्यक्ष भेटवालको प्रमुख आतिथ्यतामा सम्पन उक्त भेलाका सभापति श्रमिक संघ युएईका उपाध्यक्ष बाबुराम सापकोटा थिए भने प्रवासी नेपाली मञ्च सारजाह क्षेत्रीय समितिका अध्यक्ष कृष्णप्रसाद आचार्य विशेष अतिथि थिए।

उक्त भेलामा अध्यक्ष भेटवालले  नेपाली श्रमिक संघ के हो, प्रवासमा यो संघ किन आवश्यक छ र यसले श्रमिकहरुको हकहितका बारेमा कसरी आवाज उठाउँछ भन्नेबारे प्रस्ट पारेका थिए । त्यस्तै श्रमिकहरुका लागि ठूलो राहत कार्यक्रम नेपाल ट्रेड युनियन महासंघले ल्याएको जनाउँदै उनले राहतका लागि जिफन्टको सदस्यता लिनुपर्ने बताए । यो संस्थाले सित्तैंमा श्रमिकहरुको हकहित सुनिश्चित गर्दैन, तपाईंहरु संस्थाकाे सदस्यता लिएर १७ फिल्स दिनुस, १७ अधिकार लिनुस् भन्दै प्रवासमा रहेका सबै नेपाली श्रमिकहरूलार्इ प्रवासी श्रमिक संघ युएईमा आबद्ध हुन आग्रह गरे।

जिफन्टउक्त भेलाले सर्वसम्मतिमा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिकाे अध्यक्षमा डीआर  पाण्डे, उपाध्यक्षमा नेत्रबहादुर नेपाली, सचिवमा कृष्ण वाग्ले, कोषाध्यक्षमा कुशकुमार के.सी. र सदस्यहरुमा कमल थापा, महेश रेग्मी, गोपालबहादुर सिंह, विष्णुप्रसाद भण्डारी, नेदुराम रेग्मीलगायत रहेका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई संघका अध्यक्ष रामेश्वर भेटवालले सपथ खुवाउँदै अनुशासित भएर श्रमिकहरुको हकहितका लागि सदैव लागिरहन शुभकामना दिए ।

सोनापुरमा श्रमिक क्षेत्रमा क्षेत्रीय कमिटी

संघकाे अर्काे विशेष भेलाले श्रमिकहरुको बस्ती भनेर प्रख्यात दुबईको सोनापुरमा तेस्रो क्षेत्रीय कमिटी गठन गरेको छ । नेपाली प्रवासी श्रमिक संघ युएईका अध्यक्ष रामेश्वर भेटवालको प्रमुख आतिथ्यतामा सम्पन उक्त भेलाका सभापति श्रमिक संघ युएईका उपाध्यक्ष बाबुराम सापकोटा तथा प्रवासी नेपाली मञ्च युएई राष्ट्रिय समितिका सदस्य वसन्त के.सी.को विशेष अातिथ्यतामा एवम् नेपाली प्रवासी श्रमिक संघ सारजाह क्षेत्रीय कमिटीका अध्यक्ष डीआर पाण्डे, उपाध्यक्ष नेत्र नेपालीलगायतकाे अातिथ्यता थियो।

सोनापुर १उक्त भेलाले सर्वसम्मतिमा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । अध्यक्षमा नमबहादुर ठेडी मगर, उपाध्यक्षमा शेरबहादुर गुरुङ, सचिवमा गोपालबहादुर बिक, कोषाध्यक्षमा राकेशकुमार महतो, सदस्यहरुमा देवकुमार मगर, सुजितकुमार महतो, रामचरण यादव, नरेन्द्र धिमाल र दुर्गाबहादुर आले रहेका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई संघका अध्यक्ष रामेश्वर भेटवालले सपथ खुवाउँदै अनुशासित भएर श्रमिकहरुको हकहितका लागि सदैव लागिरहन शुभकामना दिए ।

भेलाको समापन गर्दै नेपाली प्रवासी श्रमिक संघ युएईका उपाध्यक्ष बाबुराम सापकोटाले पनि कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए ।

हमरिया फ्री-जोनमा क्षेत्रीय कमिटी 

नेपाली प्रवासी श्रमिक संघ युएईकाे अर्काे एक भेलाले शारजाहअन्तर्गत हमरिया फ्री-जोनमा चौथो क्षेत्रीय कमिटीको विस्तार गरेको छ । नेपाली प्रवासी श्रमिक संघ युएईका अध्यक्ष रामेश्वर भेटवालको प्रमुख आतिथ्यतामा सम्पन उक्त भेलाका सभापति श्रमिक संघ युएईका उपाध्यक्ष बाबुराम सापकोटा थिए । विशेष अतिथिमा प्रवासी नेपाली मञ्च सारजाह क्षेत्रीय समितिका अध्यक्ष कृष्णप्रसाद आचार्य रहेका थिए । अन्य अतिथिमा नेपाली प्रवासी  श्रमिक संघ सारजाह क्षेत्रीय कमिटीका  अध्यक्ष डीआर  पाण्डे उपस्थित थिए ।

२भेलामा अध्यक्ष भेटवालले  अब  युएर्इका  हरेक  नेपाली  श्रमिक काम गर्ने  ठाउँमा पुगेर श्रमिकका समस्यामा हातेमालो गर्दै उनीहरुका समस्यालाई नेपाली  राजदूतावासलगायत  नेपालस्थित जिफन्ट केन्द्रीय कार्यालयसम्म पुर्याउन पहल  गरिने जानकारी  दिँदै श्रमिकको हकहितबारे प्रस्ट पारेका थिए ।

उक्त भेलाले सर्वसम्मतिमा १५ सदस्यीय कार्य समिति चयन गरेको छ । समितिकाे अध्यक्षमा तिलविक्रम  लिम्बू, उपाध्यक्षमा पानबहादुर गुरुङ, सचिवमा नारादीप लिम्बू, कोषाध्यक्षमा हेमन्त गाहा, सदस्यहरुमा राजकुमार श्रेष्ठ , टेकबहादुर लिम्बू, रामबहादुर सुनार, आर्यन जिम्ब, विकाश  भट्टराई, खगेन्द्र अवस्थी, खेमबहादुर क्षेत्री, तेज  राई, रामकुमार चौधरी र खडकबहादुर सुनार रहेका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई संघका अध्यक्ष रामेश्वर भेटवालले सपथ खुवाउँदै अनुशासित भएर श्रमिकहरुको हकहितका लागि सदैव लागिरहन शुभकामना दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर