newskoseli.Com

‘गरिब नेपाल’ का विद्यार्थीलाई यहाँ आउन रोक : अष्ट्रेलियन प्राध्यापक

अष्ट्रेलियाको शैक्षिक क्षेत्रका दुई विज्ञले अध्ययनका लागि आएका नेपाली विद्यार्थीहरुको बढ्दो संख्यालाई अध्यागमन विभागले ‘रातो झन्डा’ देखाउनुपर्ने बताएका छन् ।

अष्ट्रेलियन नेसनल विश्वविद्यालयका प्राध्यापक एन्ड्रयु नर्टन र सिड्नी विश्वविद्यालयका सहप्राध्यापक सालभाटोर बबोन्सले ‘नेपाली विद्यार्थीले अष्ट्रेलियाको महँगो शिक्षा लिन नसक्ने’ दावी गर्दै ‘अध्यागमनले उनीहरुको आवागमन रोक्नुपर्ने’ बताएका हुन् । ‘करिव ३ करोड जनसंख्या भएको देशबाट ५० हजारभन्दा बढी विद्यार्थी अध्ययनका लागि आउनु आफैंमा गम्भीर विषय हो’– स्थानीय दैनिक पत्रिका ‘द सन्डे मर्निङ हेराल्ड’ ले उल्लेख गरेको छ । नेपालको जनसंख्याको आधारमा अधिक संख्या उनीहरुको अध्ययन, आर्थिक हैसियतलगायत विषयका आधारमा अध्यागमन निकाय गम्भीर हुनुपर्ने उनीहरुको भनाइ छ ।

‘नेपाल धेरै जनसंख्या भएको देश पनि होइन र यो गरिब छ,’ नर्टनले भनेका छन्– ‘उनीहरुले कसरी अष्ट्रेलियाको अध्ययन खर्च धान्न सक्छन् भन्ने प्रश्न सिर्जना भएको छ ।’

यस्तो समाचार प्रकाशित भएपछि त्यहाँस्थित नेपाली दूतावासले भने नेपाली विद्यार्थीहरुको बारेमा यस्तो धारणा व्यक्त गर्ने प्राध्यापकहरुसँग बसेर छलफल गर्ने प्रयास गरिरहेको खबर अष्ट्रेलियाबाट नारायण खड्काको बाइलाइनमा बिहीबारको कान्तिपुर दैनिकले प्रकाशित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर