newskoseli.Com

विदेशमा १४ नेपालीको मृत्यु, ६६५ सङ्क्रमित : कोरोनाकाे कहर

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड– १९ (कोरोनाभाइरस महामारी) का कारण विदेशमा रहेका १४ नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले सङ्कलन गरेको तथ्याङ्कअनुसार कोरोना सङ्क्रमणबाट बेलायतमा ८, अमेरिकामा ५ र संयुक्त अरब इमिरेट्समा १ जना नेपालीको ज्यान गएको छ ।

सङ्घका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिअन्तर्गतको स्वास्थ्य समितिले सो तथ्याङ्क सार्वजनिक गरेको हो । समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार हालसम्म विभिन्न मुलुकमा रहेका ६६५ गैरआवासीय नेपालीमा कोरोना सङ्क्रमण भएको पुष्टि भइसकेको छ । विदेशस्थित नेपाली नियोग, गैरआवासीय नेपाली सङ्घको शाखा तथा स्थानीय सङ्घ–संस्थाद्वारा सङ्कलित सूचनाका आधारमा उक्त तथ्याङ्क सार्वजनिक गरिएको जानकारी उनले दिए ।

अमेरिकामा ५ सय, बेलायतमा १ सय, स्पेनमा १८, युएईमा १०, जर्मनीमा ४, पोर्चुगलमा ८, अष्ट्रेलियामा ९, साउदी अरेबियामा ४, कुवेतमा ५, जापान, मलेसिया, म्यानमार र हङकङमा १–१ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको ‘कोभिड– १९ एनआरएनए उच्चस्तरीय समिति’ का प्रेस संयोजक चिरन शर्माले जानकारी दिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर