newskoseli.Com

जनप्रगतिशील मञ्च ओमानको संगठन विस्तार अभियान

२४ जुन, २०१६ मा ओमानको मस्कट, घालामा अवस्थित नेपालीहरु ठूलो मात्रामा काम गर्दै आइरहेको क्याम्प  अाेअार्इजी (Oman International Group) मा नेपाली जनप्रगतिशील मञ्च ओमानकाे अाेअार्इजी इकाई समिति गठन भएको छ ।

मञ्चका वरिष्ठ उपाध्यक्ष तथा प्रचार ब्युरो इन्चार्ज तुला गिरी, महासचिव हेम आचार्य र कोषाध्यक्ष कुलबहादुर तामाङको टोली त्यहाँ पुगी जनप्रगतिशील मञ्चको नीति तथा कार्यक्रम, आगामी दिनका योजनाहरु, केन्द्रीय राजनीतिमा भएका परिवर्तित घटनाक्रमहरुबारे तथा प्रवासमा रहेका नेपालीहरुले खेल्नुपर्ने भूमिका एवम् कम्पनीमा देखिएका नेपालीहरुका समस्याबारे प्रशिक्षणात्मक सम्बोधन गरियाे ।

नेपाली युवाहरुमा देखिँदै गएको राजनीतिप्रतिकाे वितृष्ण र असन्तुष्टिका आवाजहरुलाई विशेष सम्बोधन गर्दै प्रशिक्षण मन्तव्य राखियाे । हालै माओवादी घटकहरूबीच भएको एकीकरणपछि नेकपा (माओवादी केन्द्र) बनेको समाचारले निकै उत्साहित देखिएका नेपालीहरुको बीचमा मोहन कुँवर क्षेत्रीको अध्यक्षतामा ९ सदस्यीय अाेअार्इजी इकाई समिति घाला, मस्कट गठन भएको छ ।

Oman Committeeसमितिका उपाध्यक्षमा रुद्र विक, सचिव गोकर्ण भट्टराई, उपसचिव बाबुराम तामाङ र कोषाध्यक्षमा तुलबहादुर थापा रहेका छन् । त्यसैगरी सदस्यहरुमा कुलबहादुर राना, रामहृदय महतो, प्रकाश भट्टराई र सन्तोस राई रहेका छन् । आउँदै गरेको दोस्रो अधिवेशनलाई मध्यनजर राख्दै सो कार्यक्रममा ३ जनालार्इ नयाँ सदस्यता समेत वितरण गरियाे ।

नेपाली जनप्रगतिशील मञ्च ओमान अब निकै सक्रियतापूर्वक ओमानका सबै नेपाली दाजुभाइ–दिदिबहिनीहरुमाझ पुग्ने र सबैसित सुमधुर सम्बन्ध गाँस्दै प्रवासमा रहेका अधिकांश मजदुरहरुका घाउमा मलम बनेर उभिँदै डटिरहने प्रण गरियाे । इकाई समिति गठनको कार्यक्रममा व्यवस्थापन गर्ने सम्पूर्ण क्याम्पका मित्रहरुलाई विशेष धन्यवाद दिँदै अतिथिहरूद्वारा पदाधिकारी एवम कार्समितिमा चयन भएकाहरुलाई बधाइ तथा शुभकामनासहित निर्देशनात्मक भनाइहरु राख्ने काम भयाे ।

केन्द्रीय समितिको तर्फबाट उपस्थित हेम आचार्य, कुलबहादुर तामाङका मन्तव्यसहित वरिष्ठ उपाध्यक्ष तथा प्रचार ब्युरो इन्चार्ज तुला गिरीले कार्यक्रम समापन गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर