newskoseli.Com

ओमनको शोहारमा पनि पुग्यो जनप्रगतिशील मञ्चको सङ्गठन

नेपाली जनप्रगतिशील मञ्च ओमनको साङ्गठनिक विस्तारका क्रममा शुक्रबार शोहारमा पनि सङ्गठन विस्तार भएको छ । कार्यक्रममा मञ्चका अध्यक्ष पदमप्रसाद अर्याल, वरिष्ठ उपाध्यक्ष एवम् प्रचार ब्युरो इन्चार्ज तथा प्रवक्ता तुला गिरी, काेषाध्यक्ष कुल तामाङ र सहसचिव र्इश्वर रानाको विशेष उपस्थिति रह्याे ।

तेजेन्द्र आचार्यको संयोजकत्वमा सम्पन्न कार्यक्रमको सञ्चालन मञ्चका वरिष्ठ उपाध्यक्ष तुला गिरीले गरे । उनले सुरुमै मञ्चको विधान र नीति तथा कार्यक्रमबारे प्रष्ट पार्दै भेलामा उपस्थित सबैलाई स्वागत एवम् धन्यवाद दिए । मञ्चको समग्र उदेश्य, किन मञ्चमै सबै सङ्गठित हुनु आवश्यक छ, मञ्चको मूल मर्म के हो भन्ने विषयमा र भेलामा उठेका जिज्ञासाहरुलाई प्रष्ट पार्दै गिरीले मञ्चका सम्पूर्ण गविविधिहरूकाे समन्वय नेकपा (माओवादी केन्द्र) ले गर्ने कुरा पनि स्पष्ट पारे ।

Oman2भेलाले शेरबहादुर थापाको अध्यक्षतामा १५ सदस्यीय इकाई समिति निर्माण गरेको छ । समितिकाे उपाध्यक्षमा खड्क थापा, सचिव प्रकाश श्रेष्ठ, सहसचिव रामबहादुर भुजेल र काेषाध्यक्षमा किशोरराम घर्ती सर्वसम्मत चयन भएका छन् । सदस्यहरुमा ईश्वर लामा, अशोककुमार रोका, गुनपाल चौधरी, राजन चौलागाईं, माधवप्रसाद पाण्डे, वसन्तप्रसाद श्रेष्ठ, गङ्गा परियार, नन्दलाल पासवान र लक्ष्मणबहादुर सापकोटा रहेका छन् ।

इकार्इ समितिको प्रमुख सल्लाहकारमा तेजेन्द्र आचार्य र विशेष सल्लाहकारमा विवश पुन चयन भएका छन् । नवगठित इकाई समितिलाई मञ्चका अध्यक्ष पदमप्रसाद अर्याल, उपाध्यक्ष, प्रचार ब्युरो इन्चार्ज तथा प्रवक्ता गिरि, काेषाध्यक्ष कुल तामाङ, सहसचिव ईश्वर रानालगायतले बधार्इ तथा शुभकामना दिए ।

भेलाको समापनमा भेलाका संयोजक तेजेन्द्र आचार्यले पनि समितिलाई बधार्इ तथा शुभकामना दिँदै भेलाको समापन गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर