newskoseli.Com

अकूत सम्पत्ति आर्जनप्रति छानविन गर्न पूर्वराष्ट्रपति राजापाक्षका छोरा पक्राउ

श्रीलङ्काको एक अदालतले सोमबार श्रीलङ्काका पूर्व राष्ट्रपति महिन्दा राजपाक्षलाई अवैध रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न आदेश दिइएको छ ।

अदालतले अनुसन्धानका लागि पूर्व राष्ट्रपति राजपाक्षका जेठा छोरा नमाल राजपाक्षलाई एकहप्ता हिरासतमा राखी छानबिन गर्न अनुमति दिएको छ । नमाललाई श्रीलङ्काको विपक्षी समूहका महिन्दा राजपाक्षप्रति वफादार सांसदका रुपमा हेरिन्छ ।

अदालतले नमालमाथि अकुत रुपमा तीन लाख १० हजार अमेरिकी डलर आर्जन गर्न जिम्मेवार रहेको पछिल्लो आरोप छ ।

नमालमाथि अवैध रुपमा सम्पत्ति आर्जन गरेको भनी लागेको यो आरोप दोस्रो हो । उनीमाथि भारतीय एक कम्पनीबाट पाँच लाख अमेरिकी डलर अवैध रुपमा लिएको लगायतका मुद्दा सुनुवाई चलिरहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर