newskoseli.Com

भारत प्रशासित कास्मिरमा आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप, २ जनाको मृत्यु

भारत प्रशासित कास्मिरको सोपिएन जिल्लामा भारतीय सुरक्षकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा कम्तीमा २ जना आन्दोलनकारीको मृत्यु भएको छ । घटनामा २५ जना घाइते भएका बताइएको छ ।

भारत प्रशासित कास्मिरबाट स्वतन्त्रताका लागि माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीयमाथि सुरक्षाकर्मीले अश्रुग्यास तथा लाठीचार्जसमेत गरेको थियो । एक प्रहरी अधिकारीले आफ्नो नाम गोप्य राख्ने सर्तमा शनिबार सुरक्षाकर्मी र आन्दोलनकारी समूहबीच भएको झडपमा एक युवाको मृत्यु भएको बताए ।

त्यसैगरी अनन्तनाग क्षेत्रमा प्रदर्शनका क्रममा एक २५ वर्षीय युवाको पनि मृत्यु भएको जनाइएको छ । भारत प्रशासित कास्मिरमा विगत केही समयदेखि भएको आन्दोलनका क्रममा ७० जना स्थानीय नागरिकको मृत्यु भएको छ भने दुईजना प्रहरीले समेत ज्यान गुमाएका छन् ।

घटनामा सुरक्षाकर्मी तथा आन्दोलनकारीतर्फ सयौँ मानिस घाइते भएका छन् । रासस/एपी

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर