newskoseli.Com

शिकागोमा नयाँ वर्ष धमाका सम्पन्न

नेपाली नयाँ वर्षको उपलक्ष्यमा शिकागोमा नयाँ वर्ष धमका सम्पन्न भएको छ । शिकागोल्याण्ड नेपाली फ्रेण्डशिप सो साइटीको आयोजनामा भएको सो कार्यक्रममा सम्पूर्ण नेपालीहरुले मनोरञ्जन लिनुका साथै एकै थलोमा शुभकामना आदन प्रदान पनि गरेका थिए ।

 

अमेरिकाको शिकागोमा हिजो सम्पन्न सो कार्यक्रममा स्थानीय प्रतिभाहरुको विभिन्न प्रस्तुतिले उपस्थित दर्शकलाई मनोरञ्जन गराएका थिए ।

विगतका कार्यक्रमहरुमा पनि आफ्नो प्रस्तुति मार्फत शिकागोबासीको मन जित्दैं आएका शान्ति क्षेत्री, बबि अधिकारी, पूजा पाण्डे, लगायत शारदा गौतम, विष्णु मगर, ललिता पौडेल, आर्य पाठक, रनिसा श्रेष्ठ, पूर्णिमा पाठक, र क्रिष्टिना पाठकले पनि आफूसँगै दर्शकहरुलाई नचाएका थिए ।

si2

त्यसैगरी अघिल्लो कार्यक्रमहरुमा झैं स्मृति देवकोटा, श्रेया पाण्डे , ग्रिसा चापागाई, दिप्ती केसी, अक्षता कार्की तथा अस्था भण्डारीले पनि उपस्थित दर्शकलाई आफ्नो बेजोड नृत्यले मनोरञ्जन दिएका थिए ।

विगतका कार्यक्रमहरुमा नेपालबाट आएका कलाकारहरुको साथमा स्थानीय कलाकारहरुको प्रस्तुति रहँदै आएको थियो । तर यसपटक भने संस्थाले विभिन्न क्षेत्रमा दख्खल राख्ने स्थानीय प्रतिभाहरुलाई उजागर गर्ने उद्देश्यले “शिकागो गट ट्यालेन्ट” को नारा सहित कार्यक्रम गरेको हो ।

si3

संस्थाका कार्यकारी सदस्य तथा गायक शंकर पराजुलीको संयोजकत्वमा लाइभ तर्फ ड्रमसेटमा आसिक श्रेष्ठ, लिड गिटारमा मिनराज चौधरी, बेस गिटारमा आमोद बैजु, र रिदम गिटार तथा गायनका भुवनको राईको प्रस्तुतिले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएको थियो ।

त्यसैगरी जगदीश यादव, विशाल बाँस्कोटा, नारायण गजमेर, आलोक थापा, र कृष्ण रानाले पनि मयुजिक ट्रयाकमा विभिन्न गीत प्रस्तुत गरेका थिए । उत्सब जोशीद्धारा नेपाली राष्ट्रिय गीतमा ट्रमपेट बजाएर शुरु गरिएको सो कार्यक्रममा पाँच सय भन्दा बढी उपस्थिति रहेको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर