newskoseli.Com

उत्तरी भारतमा सडक दुर्घटना ७ को मृत्यु

उत्तरी भारतीय राज्य हर्याणामा मङ्गलबार भएको एक सडक दुर्घटनामा कम्तीमा ७ व्यक्तिको मृत्यु भएको छ ।

यस दुर्घटनामा परी ७ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ५० घाइते भएका एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् ।

हर्याणा राज्यको सिर्सा जिल्लाको राष्ट्रिय राजमार्गमा २ वटा सवारी साधन एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको हो । यस घटनामा परी ७ व्यक्तिको दुर्घटना स्थलमा नै मृत्यु भएको र अन्य ५० जना घाइते भएका बताइएको छ ।

दुर्घटनाको कारण अनुसन्धानरत रहेको जनाइएको छ । तर प्रत्यक्षदर्शीका अनुसार दुबै सवारी सधानले उच्चगतिमा रहेको हुनाले सो घटना भएको छ । रासस/सिन्ह्वा

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर