newskoseli.Com

मिर्गाैला रोगीलाई प्रवासबाट रु तीन लाख सहयोग

मोरङ जिल्लाको इटहरा–१ लक्ष्मी चोकका मिर्गाैला रोगी तेजबहादुर नेपाली (विक्रम)लाई रु तीन लाख बराबरको आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

पीडित नेपालीको उपचारका लागि देश विदेशबाट प्राप्त भएको रु तीन लाख सात हजार ३५ बुलेट गाइज क्लब इटहराले सोमबार बेलुका हस्तान्तरण गरेको हो ।

इटहरा समाज कतारबाट रु एक लाख एक हजार ७८०, दक्षिण कोरियाबाट इटहरा–२ निवासी विनोद तामाङको अगुवाइमा त्यहाँ रहेका नेपालीबाट रु एक लाख उहाँको उपचारका लागि पठाइएको थियो ।

यस्तै, विभिन्न देशबाट विक्रमको उपचारका लागि सहयोग सङ्कलन भएको थियो ।

पीडित नेपालीले राससलगायत अन्य सञ्चारमाध्यमलाई उपचारको सहयोगका लागि याचना गरेपछि सहयोगको याचना गर्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएको थियो ।

रकम हस्तान्तरण कार्यक्रममा बुलेट गाइज क्लबका सचिव विदुर बस्नेत, रविन श्रेष्ठ, खगोल न्यौपाने, खगेन्द्र भट्टराईका साथै सहयोग सङ्कलनमा सक्रिय भीम कार्की, सन्तोष पुरी, ललित कार्की र इटहरा प्रहरी चौकीका इन्चार्ज केशव नेपाललगायतको सहभागिता रहेको थियो ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर