
लण्डन । छापामार पृष्ठभूमीबाट बिश्वकै चर्चित अल्ट्रा धाविकासम्मको चर्चा बटुल्न सफल मीरा राईलाई लण्डनमा सम्मान गरिएको छ ।
केन्ट फोक्सटनस्थित ग्रामर स्कूलको सभाहलमा नेपाली युवा समूह, बेलायत, सगरमाथा तेक्वान्दो डोजाङ, किरात राई यायोक्खा, भोजपुर समाज युके र जेन मार्सल आर्ट लगायतका संस्थाले राईलाई सम्मान गरेका हुन् ।
मीराले प्राप्त गरेको सफलतामा बधाई दिँदै संस्थाहरूले उनलाई प्रोत्साहनस्वरूप ३५ लाख नगदसहित सम्मान पत्रका साथ सम्मान गरेका हुन् ।
बिश्व च्याम्पिन बन्ने लक्ष्य लिएकी मीराले अल्ट्रा सिरिज २०१६ लण्डनबाट सुरु गरेकी हुन । उनले गत ३० अप्रिल बेलायतमा ३७ किलोमिटरको दौडमा दोस्रो स्थान हाँसिल गरेकी थिइन् । साथै उनले मे ७ मा स्पेन, जुन ४ मा पोर्चुगल र सेप्टेम्बर २४ मा स्पेनमा प्रतिस्पर्धा गर्ने जानकारी दिएकी छिन् ।
मीरा माओवादी जनयुद्धमा सहभागी भई शान्ति प्रकृया सुरु हुँदा अयोग्य लडाकूको रूपमा शिविरबाट बाहिरिएकी थिइन् ।