newskoseli.Com

भारतीय सेनाको कारबाहीमा केपिएलटीका ६ लडाकूको मृत्यु

असोज भारतीय सेना र कर्बी पिपल्स लिबरेसन टाइगर्स (केपिएलटी) समूहबीच शुक्रबार उत्तरपूर्वी आसाममा भएको झडपमा ६ जना विद्रोही लडाकूको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन् ।

कर्बी आङलोङ जिल्लामा शुक्रबार बिहानै भएको दोहोरो गोली हानाहानमा उनीहरुको मृत्यु भएको हो ।

केपिएलटी समूहका लडाकूले गस्तीमा रहेको सैनिक अधिकारीमाथिजङ्गलमा लुकिछिपी आक्रमण गरेका र सेनाको प्रत्याक्रमणबाट उनीहरुको मृत्यु भएको सेनाले बताएको छ । घटनामा एक सरकारी सेना घाइते भएको बताइएको छ । रासस/एपी

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर