newskoseli.Com

शनिबार मध्यान्ह ५.५ रेक्टर स्केलको भूकम्प

शनिबार मध्याह्न शक्तिशाली भूकम्प गएको छ । सो भूकम्प ५.५ रेक्टर स्केलको मापन गरिएको भूकम्प निरूपण केन्द्रले जनाएको छ । भूकम्पका कारण मानवीय र सपत्ति क्षतिको कुनै समाचार प्राप्त भइसकेको छैन ।

यस भूकम्पको केन्द्रविन्दु खैबर पाख्तुनख्वा प्रान्तको मन्सुहरा जिल्लाबाट ७५ किलोमिटर उत्तरपूर्वमा अवस्थित पतान क्षेत्रको आसपासमा नै १२ किलोमिटर गहिराइमा रहेको भूकम्प निरूपण केन्द्रले जानकारी दिएको छ ।

स्थानीय समाचारअनुसार शनिबार मध्याह्न करिब १ बजे गएको यस शक्तिशाली भूकम्पको कम्पन इस्लामावाद र पेसावरसहित उत्तरपूर्वी क्षेत्रहरू अबोत्तावाद, स्वात, गिल्जित र मन्सेहरा र पाकिस्तान प्रशासित कास्मिरका केही भागहरूमा पनि महसुस गरिएको थियो ।

यसअघि गतवर्ष अक्टोबर २६ मा गएको ७.५ रेक्टर स्केलको भूकम्प परी कम्तीमा २ सय ८० को मृत्यु भएको थियो । यसमा परी १ हजार ९ सय घाइते हुनुका साथै १ लाखभन्दा बढी आवासीय भवन र करिब १ हजार ५ सय विद्यालयहरू नष्ट भएका थिए ।

सन् २००५ को अक्टोबरमा गएको ७.४ रेक्टर स्केलको भूकम्पमा परी ८० हजारभन्दा बढीको मृत्यु भएको थियो । यस भूकम्पका कारण लाखौं व्यक्ति घरबारविहीन भएका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर