newskoseli.Com

भारतीय सेनाको कारबाहीमा ६ जना पाकिस्तानीको मृत्यु

पाकिस्तानको विदेश मन्त्रालयद्वारा शुक्रबार दिइएको जानकारी अनुसार भारतीय सेनाको काश्मिरी क्षेत्रको सिमानामा गरिएको कारबाहीमा २ महिलासहित ६ जना पाकिस्तानी नागरिकको मृत्यु भएको छ ।

मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भारतीय कारबाहीमा २२ जना पाकिस्तानी नागरिक गोली लागि घाइते भएका बताइएको छ ।

पाकिस्तानी पक्षले भारतीय डेपुटी हाई कमिस्नरलाई बोलाएर घटनाको कडा शब्दमा निन्दा गरेको मन्त्रालयले जनाएको छ ।

पाकिस्तानले सन् २००३ मा दुवै पक्षद्वारा गरिएको युद्धबिराम समझदारीको पालना गर्न र लगातार भारतीय पक्षद्वारा उल्लङ्घन गरिराखेको घटनाको छानबिन गर्न पनि आग्रह गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर