newskoseli.Com

बम विस्फोटमा, ३ को मृत्यु, १३ घाइते

फाइल तस्बिर

विमानस्थलभित्र भएको बम विस्फोटनमा परी कम्तिमा ३ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । अमेरिकी र नेटो शिविरनजिकै अफगानिस्तानको पूर्वी क्षेत्र पर्वान प्रान्तमा पर्ने ब्यागरम अवस्थित सो विमानस्थलमा शनिबार बिहानै बिस्फोट भएको हाे ।

सरकारका प्रान्तीय प्रवक्ताका अनुसार सिन्ह्वालाई दिएको जानकारी अनुसार बिस्फोटको प्रकृति हेर्दा अज्ञात व्यक्तिले आत्मघाती बिस्फोट गराएका र तर यस बिस्फोटबाट भएको मानवीय हताहतीको भने एकिन सङ्ख्या प्राप्त भएको छैन । यस घटनाको विस्तृत विवरण भने पछि बताइने पनि प्रवक्ताले जानकारी दिएका छन् ।

यसैबीच तालिवानीका एक प्रवक्ताले यस आक्रमणको आफूहरुले जिम्मेबारी लिएको बताएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर