newskoseli.Com

नेपाली विद्यार्थीलार्इ अस्ट्रेलियामा अवार्ड

अस्टे्लियामा अध्ययनरत नेपाली विद्यार्थी अमन श्रेष्ठले बेस्ट अस्ट्रेलियन अवार्ड पाएका छन्।सूचना प्रणालीका विषयमा अमनले गरेको अध्ययन र शोधका लागि उक्त अवार्ड प्रदान गरिएको हो। उनले अस्टेलियन काउन्सिल अफ प्रोफेसर एन्ड हेड अफ इन्फरमेसन सिस्टम अवार्ड पाएका हुन्।

उनको शोध शीर्षक ‘डेभ्लप्मेन्ट एन्ड इभोलुसन अफ सफ्टवेयर मेडिएटेड प्रोसेस एसेस्मेन्ट एप्रोच इन आईटी सर्भिस म्यानेजमेन्ट’ का लागि अवार्ड प्रदान गरिएको हो। विद्यावारिधि उपाधिका लागि गरिएको उनको शोध तीन सय पृष्ठको थियो।

अवार्ड प्राप्त गरेपछि आफूलाई निकै खुसी लागेको अमनले बताए।नेपाल रहँदा उनले सूचना प्रविधिसँग सम्बन्धित थुप्रै कम्पनीमा नेतृत्व तहमा रहेर काम गरेका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर