newskoseli.Com

युएई नेपाली समाजमा भाँडभैलो

१८ महिनाअघि युएईमा स्थापना भएको ‘नेपाली समुदाय युएई’ नामक संस्थामा यतिबेला चरम विवाद सिर्जना भएको छ ।

युएईमा बसी रोजगारी गरिरहेका नेपालीहरुको हकहितका लागि भन्दै स्थापना भएको उक्त संस्थाका अध्यक्ष विदुर राउत स्वयमले संस्था पूर्ण रुपमा विघटन गरिएको भन्दै प्रेस विज्ञप्ति निकालेपछि विवाद उत्कर्षमा पुगेको हो ।

अध्यक्ष राउतको विज्ञप्तिलगत्तै असन्तुष्ट पक्षले पनि विज्ञप्तिमा जारी गर्दै अध्यक्ष राउतकै कारण संस्थाको उद्देश्य पूरा गर्ने प्रयास ओझेलमा परेको र संस्थाको प्रतिष्ठामाथि आँच पुगेको दावी गरेको छ । अध्यक्षले कुशल नेतृत्व गर्न नसकेका कारण राउतलाई कार्यकारी अध्यक्षबाट हटाइएको उल्लेख गर्दै नयाँ समिति गठन गरिएको दावी असन्तुष्ट पक्षको छ ।

असन्तुष्ट पक्षले मुनप्रसाद गुरुङको अध्यक्षतामा नयाँ समिति गठन गरिएको उल्लेख गर्दै संस्थालार्इ सदैव समाजसेवाको क्षेत्रमा तत्पर गरार्इ आगामी दिनमा नयाँ चिनारी दिलाउने दाबी गरेको छ ।

पूर्वअध्यक्ष विदुर राउतले भने समिति गठन भएको बारे आफूलार्इ कुनै जानकारी नभएको बताउँदै  संस्थाको संस्थापन पक्षकै निर्णयमा विघटनको घोषणासहित विज्ञप्ति निकालिएको दावी गरेका छन् ।

संस्थाको उद्देश्य विशुद्ध समाजसेवा भए तापनि समितिभित्रैको गुटबन्दीका कारण संस्थाको भविष्य अँध्यारो बन्दै गएको बताउँदै राउतले भने( ‘सामाजिक कार्यमा नै बाधा बनिदिएपछि काम गर्नै सकिँदैन ।’

नयाँ संस्थापन पक्षका केही व्यक्तिहरुले भने राउतले नेपाली समुदाय युएर्इलार्इ निरर्थक तुल्याउँदै एकलौटी निर्णय गरी बदनाम गर्न खोजेकाले समितिकै सदस्यहरुको बहुमतका आधारमा अध्यक्ष पदबाट राउतलाइ हटार्इ अर्को विकल्प रोज्नुपरेको बताएका छन् ।

uae1समितिको निर्णयविपरीत अध्यक्षकै मनमानीमा फिलिपिनी नेपाली बुहारी जोया काण्डका बेला उनका दुर्इ छोराहरुलार्इ निःशुल्क पढाउने  समाचार सेतोपाटीमा प्रकाशन गर्न लगाएको बताउँदै राउतकै समितिका एक सदस्य रघुनाथ ढुङ्गेलले विदुरको कार्यशैलीप्रति आक्रोश व्यक्त गर्दै भने– ‘संस्थामा  रहेपछि संस्थाको आडमा आफ्नो प्रचारबाजी गर्नुभन्दा काम गरेर  देखाएपछि चाहिँ सबैबीच विश्वसनीय बन्न सकिन्छ ।’

विदुरको मनोमानीका कारण नै समितिमा खटपट सिर्जना भइ १८ महिनादेखि युएर्इमा रोजगारी गरी बस्ने हजारौं नेपाली नागरिकहरुको  विश्वास आर्जन गरेको संस्था धरापमा पर्न लागेको आँकलन गरी नयाँ नेतृत्वको आवश्यकता महशुस गरेको संस्थाका केही केन्द्रीय सदस्यरुले बताएका छन् । विदुर पक्षले उनीहरुको कुरालाई खण्डन गर्दै संस्थामा संग्लन व्यक्तिहरुमा ‘स्वार्थी आशा’ पलाएको आरोप लगाएको छ ।

नेपाली समुदाय युएर्इ पनि आफ्नै अवधारणामा जन्मिएको दाबी गर्दै पूर्वअध्यक्ष राउतले भने–‘अब हामी फेरि नेपाली समुदाय युएर्इलार्इ विस्तारित रुपमा व्यापक बनाउने छौं ।’

नयाँ संस्थापन पक्षकाहरुले भने प्रेस विज्ञप्ति निकालेर मुनप्रसाद गुरुङको अध्यक्षतामा बैठक बसी संस्थाको रणनीतिअनुसार काम गर्न सुरु गरिसकिएको बताएको छ । राउतको एकल मनोकाङ्क्षाअनुसार केही अनलाइन मिडियाहरुमा झुटा समाचार प्रकाशन गर्न लगाइएको भन्दै गुरुङ पक्षले आपत्ति जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर