newskoseli.Com

घरले च्यापेर ४ को मृत्यु

निर्माणाधीन भवन भत्किएर च्याप्दा बुधबार भारतको उत्तरी क्षेत्रमा चार जना मजदुरको मृत्यु भएको छ । उत्तर प्रदेश राज्यको कानपुरमा आवासीय भवन बनाउने क्रममा लडेर उनीहरुको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

चार जना मजदुरको मृत्यु भएको छ भने १७ जनालाई तत्काल उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । स्थानीय उच्च अधिकारी कौशल राजले एएफपीलाई टेलिफोनमा जानकारी दिए ।

भारतका गृहमन्त्री राजनाथ सिंहले ट्वीटरमार्फत मृतकप्रति श्रद्धान्जलि व्यक्त गरेका छन् । उनले ट्वीटरमा थप लेखेका छन्– “घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।”

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर