newskoseli.Com

तेल मिलमा विषालु ग्यासका कारण ९ को मृत्यु

M3352M-1009

पश्चिमी भारतीय राज्य महाराष्ट्रमा रहेको एक तेल मिलमा बिषालु ग्यासका कारण कम्तिमा ९ जना कामदारको मृत्यु भएको छ । महाराष्ट्र राज्यको राजधानी मुम्बईदेखि ४७२ किलोमिटर पूर्वतर्फ पर्ने लातुर औद्यौगिक क्षेत्रमा रहेको सो तेल मिलको रसायन ट्याङ्की सफाइ गरिरहेका कामदारको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

नौ जना कामदारको तेलमिलभित्रै मृत्यु भएको सो स्रोतले जनाइएको छ । राति घटनाभएपछि ट्याङ्कीबाट सात जनाको शव र मङ्गबार विहानै थप दुई जनाको शव निकालिएको लातुर औद्यौगिक क्षेत्रका एक प्रहरी अधिकृतले मङ्गलबार जानकारी दिएका छन् ।

अर्का एक जनालाई भने जीवितै उद्धार गरिएको र नजिकैको स्वास्थ्य संस्थामा उपचार गराइएको उनले जानकारी दिए । उनको विवेकानन्द अस्पतालमा उपचार भइरहेको छ” ती प्रहरी अधिकारीले जनाएका छन् ।

प्रहरीले घटनाका दोषी पत्ता लगाई कारबाही गर्न मुद्दा दर्ता गरेको छ । मिलका सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर