newskoseli.Com

बम आक्रमणमा गभर्नरको मृत्यु

अफगानिस्तानको पश्चिमी क्षेत्रमा पर्ने फराहमा भएको बम आक्रमणमा परी एक जना जिल्ला गभर्नरको मृत्यु भएको छ ।

खाक इ साफ्ड जिल्लाका गभर्नरको सोमबार राति हत्या भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । घटनास्थल देशको राजधानी काबुलदेखि ६ सय ९५ किलोमिटर पश्चिममा पर्दछ ।

आक्रमणको तालिवानी लडाकुहरुले जिम्मेबारी लिएका छन् । तालिवानी लडाकुहरुको आक्रमणमा परी गत वर्ष सन् २०१५ मा मात्रै देशभरि ६ सय ५० जनाको मृत्यु भएको थियो भने ५ सय ६० जना घाइते भएका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर