newskoseli.Com

अदालतमा विस्फोट : कम्तिमा १२ को मृत्यु, १२ घाइते

फाइल तस्बिर

अफगानिस्तानको राजधानी काबुलमा रहेको एक अदालत नजिकै मङ्गलबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तिमा १२ जनाको मृत्यु भएको अफगानी अधिकारीले बताएका छन् । घटनामा कम्तिमा १२ जना घाइते भएको बताइएको छ ।

एक जना आत्मघाती आक्रमणकारीले अदालतका कर्मचारीलाई लक्षित गरी विस्फोट गराएको अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता नजिवुल्लाह डेनिसले बताए ।

आक्रमणकारी पैदल अदालत परिसरमा प्रवेश गरेको र अदालतको गाडी पार्किङ क्षेत्रमा विस्फोट गराएको डेनिसले जानकारी दिए ।

घटनामा १२ जनाको मृत्यु भएको र झन्डै सोही सङ्ख्यामा घाइते भएको उनले पुष्टि गरे पनि यस घटनाकारे विस्तृत विवरण प्राप्त भैनसकेको उनले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर