newskoseli.Com

५.८ म्याग्नीच्युडको भूकम्प

भारतको उत्तराखण्डमा सोमबार राति स्थानीय समयअनुसार १०.३३ बजे ५.८ म्याग्नीच्युडको भूकम्प आएको भारतीय जलवायु तथा मौसम विभागले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु उत्तराखण्ड प्रदेशको राजधानी देहरादुनदेखि १८० किलोमिटर पूर्वस्थित रुद्रप्रयाग वरपर रहेको जनाइएको छ ।

उत्तर प्रदेश बाहेक अन्य छिमेकी प्रदेशहरु र राजधानी नयाँ दिल्लीमा समेत भूकम्पको महसुस गरिएको बताइएको छ ।

भूकम्प आएपछि स्थानीयबासिन्दा घरबाट भागेर खुल्ला ठाउँमा जम्मा भएका थिए । उनीहरु अहिले पनि त्रसित भएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

“म कार्यालयमा काम गरिरहेको थिएँ, टेबलमा रहेको खाली बोत्तल अचानक भुइँमा खस्यो, म रहेको भवन पूरै हल्लिएपछि मलाई साह्रै डर लाग्यो,” दिल्लीका एक बासिन्दा अनिल अग्रवालले सिन्ह्वालाई भने । भूकम्पका कारण कुनै मानवीय क्षति भएको खबर भने नआएको अधिकारीहरुले जनाएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर