newskoseli.Com

४ दिनमा ७ विस्फोट, १ सय १ को मृत्यु

पाकिस्तानमा चार दिनको अवधिमा सात वटा विस्फोटनका घटना भएका छन् । ती विस्फोटनहरुमा परी कम्तिमा १ सय १ जनाको मृत्यु भएको छ भने ३ सय जनाभन्दा बढी घाइते भएका छन् ।

यस क्रममा पछिल्लो पटक बिहीबार बेलुका अर्को शक्तिशाली आत्मघाती बम आक्रमण भएको छ । सिन्ध प्रान्तस्थित सूफी समाधिस्थलमा गरिएको सो आक्रमणमा परी कम्तिमा ७२ जनाको मृत्यु भएको छ । घटनामा २ सय जना अन्य घाइते भएका प्रहरी अधिकारीहरुले जनाएका छन् ।

जम्सोरो जिल्लामा पर्ने सेहवान सरहमा अवस्थित सन्तलाल शाहबाज कालन्दरको समाधिस्थलमा आक्रमण गरिएको थियो । प्रहरी उच्च अधिकारीहरुले युवा आत्मघाती बम आक्रमणकारीहरुले गराएको यो विस्फोट यस बर्षकै सवैभन्दा बढी दुःखदायी भएको बताएका छन् ।

उद्धार टोलीका प्रमुख फैसल इदीले घटनामा मृत्यु हुने मध्ये ४३ जना पुरुष, २० जना बालबालिका र ९ जना महिला रहेका जानकारी दिए । केही घाइतेहरुको अवस्था चिन्ताजनक रहेकाले मृतकहरुको संख्या थप बढ्न सक्ने उनले बताए ।

सेहवान र छिमेकी सहरहरुमा सङ्कटकालको घोषणा गरी घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । गम्भीर घाइतेहरुलाई थप उपचारका लागि विमानबाट कराँची लगिएको अधिकारीहरुले जनाएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर