newskoseli.Com

सांसदमाथि गोली प्रहार, अस्पतालमा उपचार हुँदै

अफगानिस्तानको तल्लो सदनका एक सदस्यमाथि दक्षिणी प्रान्त कान्दहरमा शनिबार गोली प्रहार भएको छ । हेल्मन्ड प्रान्तका सांसद मलिम मिर वालीमाथि शनिबार बिहान आक्रमण भएको सरकारी उच्च अधिकारीले जानकारी दिएका छन् ।

आक्रमणबाट उनी सिकिस्त घाइते भएका छन् । उनको अघिल्लो भागमा गोली लागेको छ । कान्दहर क्षेत्रीय अस्पतालमा उनको उपचार भइरहेको बताइएको छ ।

घटनाका बारेमा अनुसन्धान गर्न प्रान्तीय प्रहरीले टोली खटाइसकेको जनाएको छ । चाँडै नै दोषीलाई पक्राउ गरी घटना विवरण सार्वजनिक गर्ने प्रहरीको दावी छ ।

अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । गत वर्ष मात्रै अफगानिस्तानभरि भएका यस्ता आक्रमणमा परी ६ सय ५० भन्दा बढीको मृत्यु भएको र अरु ५ सय ६० भन्दा बढी घाइते भएको संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर