newskoseli.Com

कोइलाखानीमा दुर्घटना : १७ चिनियाँ कामदारको मृत्यु

एउटा कोइलाखानी रहेको लिफ्टमा भएको दुर्घटनामा १७ चिनियाँ मजदुरहरुको मृत्यु भएको छ । चीनको उत्तरपूर्वी क्षेत्रमा पर्ने हेइलोङजिआङ प्रदेशमा राज्यद्वारा सञ्चालित कोइलाखानीमा दुर्घटना भएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।

घटना बिहीबार भएको र उनीहरुलाई उद्धार गर्न पुगेका उद्धारकर्मीहरुले सोमबार उनीहरु जीवित नरहेको जानकारी दिएका हुन् । घटनाका बारेमा थप अनुसन्धान गर्न प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । खानीका व्यवस्थापकलाई पनि निलम्बन गरिएको छ ।

चीन संसारको सवैभन्दा धेरै कोइला उत्पादन गर्ने देश हो भने कोइलाखानीमा हुने दुर्घटनामा वर्षेनि धेरैको मृत्यु हुने गरेको छ । डिसेम्बरमा पनि दुई वटा कोइलाखानीमा भएका विस्फोटनमा परी कम्तिमा ५९ जनाको मृत्यु भएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर