newskoseli.Com

चिनीयाँ राष्ट्रपति र अमेरिकी विदेशमन्त्रीबीच भेटवार्ता

चीनका राष्ट्रपति सि जिनपिङसँग अमेरिकाका विदेशमन्त्री रेक्स टिलर्सनले आइतबार चीनमा भेटवार्ता गरेका छन् । चीन भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री टिलर्सनले बेइजिङको ग्रेट हल अफ पिपुलमा राष्ट्रपति जिनपिङलाई भेटेर चीन–अमेरिका सम्बन्ध सुधारका बारेमा कुराकानी गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।

सो अवसरमा राष्ट्रपति जिनपिङले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग आफू टेलिफोन र ‘एसएमएस’ मार्फत् सम्पर्कमा रहिरहेको बताए । राष्ट्रपति ट्रम्प र आफूबीचमा असल सम्बन्ध र सहकार्यका साथ अगाडि बढ्ने सहमति भएको पनि जिनपिङले जानकारी दिएका थिए । उनले दुईपक्षीय हित र सहकार्य, क्षेत्रीय र विश्वव्यापी विषयमा साझा धारणा बनाउन चाहेको पनि बताएको अधिकारीहरुले जनाएका छन् ।

राष्ट्रपति जिनपिङले आपसी समझदारीका आधारमा दुई पक्षीय सम्बन्धलाई पुनर्विचार गर्नुपर्नेमा समेत जोड दिएका थिए । उनले राष्ट्रपति ट्रम्पलाई चीनमा स्वागत गर्न आफू प्रतिक्षारत रहेको बताए । राष्ट्रपति ट्रम्पको भ्रमणको तयारीकै लागि विदेशमन्त्री टिलर्सन बेइजिङ पुगेका हुन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर