newskoseli.Com

सार्क जनसम्पर्क मञ्च स्थापना

सार्क जनसम्पर्क मञ्च बङ्गलादेशका अध्यक्ष मुस्ताफिजुर रहमान खानले सार्कका जनताबीच आत्मीय जनसम्पर्क विस्तारका लागि मञ्च स्थापना भएको बताएका छन् ।

यहाँ आज पत्रकारसँगको भेटघाटमा उहाँले बङ्गलादेश, नेपाल, भारत र भुटानमा मञ्च गठन भइसकेको र अन्य राष्ट्रमा पनि विस्तार भइरहेको जानकारी गराए ।

खानले जनसम्पर्कका साथै सञ्चार, मानवधिकार, शिक्षा र चेतनाको विकास, विचार आदानप्रदान, संस्कृति र पर्यटनका बारेमा जानकारी गराउन मञ्च सक्रिय रहने बताए ।

खानले प्रकृति र पर्यटन क्षेत्रको धनी नेपालका बारेमा बङ्गलादेशी लगायत सार्क मुलुकलाई जानकारी गराउने र अन्य मुलुकको पनि संस्कृति र पर्यटनको जनस्तरमा जानकारी गराउने भूमिका मञ्चले निर्वाह गर्ने स्पष्ट पारे । मञ्चका माध्यमबाट सार्कका जनताबीच सम्बन्ध विस्तार गराउनका लागि मञ्चले सेतुका रुपमा काम गरिने खानले बताए । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर