newskoseli.Com

तालीवानीको आक्रमणमा परी अफगानिस्तानमा १५० सैनिकको मृत्यु

 

 तालिबानी बन्धुकधारीहरुले अफगानिस्तानको उत्तरी शहर मजार ए शरिफमा सय भन्दा बढी सैनिकलाई मारिदिएको अफगानीस्तानको रक्षा मन्त्रालयले शनिबार जनाएको छ ।

विद्रोहीहरुले एउटा सैन्य अखडामा रहेको मस्जिदमा शुक्रबारको साप्ताहिक प्रार्थना सकेर फर्किरहेका सैनिकहरु र चमेना गृहमा नास्ता गरिरहेका अन्य सैनिकहरुलाई लक्षित गरी आक्रमण गरेको मन्त्रालयद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

एक जना उच्च सैन्य अधिकारीले आक्रमणमा परी १५० जना सैनिकको मृत्यु भएको र अरु दर्जनौ घाईते भएको एएफपीलाई बताए।

तालेबानीहरुले आफ्ना आक्रमणकारीले विस्फोट गराएको र आत्मघाति हमलाकारीले उक्त सैन्य शिविरको सुरक्षा घेरा तोडेको बताएका छन् ।

मजार ए शरिफमा रहेको सैन्य अखडा अफगान राष्ट्रिय सेनाको २०९ औँ पल्टन बस्ने गरेको छ । अफगानिस्तानको पश्चिमी क्षेत्रमा समर्थन प्राप्त सरकारले तालीबान र अरु विद्रोही समूहसँग लामो सयमदेखि लडाइँ गरिरहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर