newskoseli.Com

किन बर्खास्त गरिए प्रधानमन्त्रीका सल्लाहकार ?

पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले विदेश मामिला विशेष सल्लाहकार सैयद तारिक फतेमालाई पदबाट बर्खास्त गरेका छन् । पाकिस्तानी राजनीतिक नेता र सैनिक नेतृत्वबीच आतङ्कवादविरुद्धको लडाइँका विषयमा विवाद रहेको भनी गतवर्ष सार्वजनिक एक सञ्चारकर्मीको रिपोर्टमा फतेमाको संलग्नता भएको भन्दै उनलार्इ पदमुक्त गरिएको बताइएको छ ।

यद्यपि प्रधानमन्त्री सरिफले आफ्ना सल्लाहकारलाई सेना र राजनीतिक नेताबीचको द्वन्द्वका कारण हटाएको भनी आएका समाचारलाई पाकिस्तानी सेनाले अस्वीकार गरेका छ । सेनाले शनिबार प्रधानमन्त्रीको कदम ‘अपूर्ण’ रहेको भनी प्रतिक्रिया दिएको छ ।

यसअघि प्रधानमन्त्री सरिफले अर्का अधिकारी राव तेहसिनलाई कारबाही गर्न निर्देशन दिएका थिए । सरिफले आफ्नो विषयमा विवादास्पद खबर लेखेका कारण पाकिस्तानी सञ्चारकर्मीलाई नहटाउन पाकिस्तानी डन पत्रिका प्रशासनलाई आग्रह गरेका थिए ।

पाकिस्तानी प्रधानमन्त्री सरिफ र सेनाबीच सन् २०१६ पछि सम्बन्ध अपेक्षित सहज देखिने गरेको छैन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर