newskoseli.Com

सुरक्षा कारबाहीमा मारिए ४३ विद्रोही

शनिबार साँझदेखि अफगानिस्तानको विभिन्न प्रान्तमा भएको सुरु भएको सुरक्षा कारबाहीमा कम्तिमा ४३ जना विद्रोही लडाकुको मृत्यु भएको अफगानी गृहमन्त्रीले आइतबार बताएका छन् ।

अफगान राष्ट्रिय रक्षा तथा सुरक्षा बलले कुनार, वार्दाक, नान्गाहार, जाबुल, लोगार र कुन्दुजलगायतका विभिन्न आठ प्रान्तमा गरेको कारबाहीमा ४३ जनाको मृत्यु हुनुका साथै ८ जना घाइते भएको मन्त्रालयले विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।

मृतकमध्ये १७ जना इस्लामिक स्टेट (आईएस) समूहका सशस्त्र लडाकू रहेको विज्ञप्तिमा जनाइएको छ । पछिल्ला केही हप्ता यता अफगानी सुरक्षाकर्मीले विद्रोहीविरुद्धको कारबाहीलाई सशक्त पारेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर