newskoseli.Com

कसले कारबाही गर्ने दुबर्इमा १२ नेपालीको विचल्ली बनाउने क्यापिटल म्यानपावरलार्इ ?

क्यापिटल म्यानपावरले भिजिट भिसामा पठाएका १२ नेपाली युएर्इमा अलपत्र परेका छन् । एक जना बराबर कम्तिमा ३ लाख ७५ हजार रूपैयाँसम्म म्यानपावर कम्पनीलार्इ बुझाएर आएको बताउने पीडितहरु यहाँ आइपुगेको ४५ दिनसम्म पनि काम नपाएपछि विचल्लीमा परेका हुन् ।

यहाँ आइपुगेको भोलिपल्टैदेखि काम गर्न पाइन्छ भन्दै जवर्जस्ती भिजिट भिसामा पठाइएको तर यता आएपछि ४५ दिनसम्म कामविनै यहाँका दलालले अलपत्र पारेको  पीडितहरुको भनाइ छ । मासिक २ हजार २ सय दिराम पारिश्रमिक पाइने र सुरक्षा  गार्डको काम गर्नु पर्ने भन्दै नेपालस्थित सो म्यानपावरका उदयराज ढकालले युएर्इस्थित आफ्ना दलाल टंक सुवेदीलार्इ जिम्मा लगाएको पीडितहरुले बताएका छन् । सुवेदी उक्त मेनपावरका अध्यक्ष समेत रहेको स्रोतले बताएको छ ।

नेपालमा तिरेको पौने ४ लाखमध्ये यता आउँदा उदयराज ढकालले १ हजार ४ सय डलर दिएको तर दुबर्इ आइपुग्नासाथ उक्त पैसा टंक सुवेदीले लिएको पीडितहरुको गुनासो छ । आफूहरु भिजिट भिसामा यता नआउने बताउँदा यो त प्रक्रिया मात्रै हो दुबर्इ पुगेपछि कुनै अप्ठ्यारो पर्दैन भन्दै म्यानपावर सञ्चालक उदयराज ढकालले फसाएको पीडितमध्येका मनोज बास्तोला बताउँछन् । उनी भन्छन– ‘यहाँ आएपछि हामीलार्इ टंक सुवेदीले जिम्मा लिएका हुन्, उनी पनि सोही म्यानपावरका निर्देशक रहेछन् । पछि बिरामी भएको बहाना बनाएर उनी एक महिनाका लागि नेपाल जान्छु भन्दै फर्किएका छन् । त्यसपछि हामी गुञ्ज भन्नेको जिम्मा लगाइयौं । गुञ्जले आज, भोलि भन्दै कुराएका मात्र छन्, हाम्रो पक्षमा कुनै काम गरेका छैनन् । हामीलार्इ खान र बस्नकै समेत ठूलो समस्या पर्दै गइरहेको छ ।’

चितवन जगतपुरका गुञ्जबहादुर अधिकारीको पनि मनोज बास्तोलाको जस्तै समस्या छ । म्यानपावरले भनेको मान्दा यो हालत भएको उनको दुःखेसो छ । यहाँ आएपछि पैसा सकिएर खान समेत धौ–धौ परेपछि नेपालबाट थप पैसा मगाएर बाँच्नु परिरहेको दुःखेसो उनले सुनाए ।

अरू दस जना पीडितको पनि उस्तै समस्या छ । चर्को ब्याजमा ऋण काढेर ३ लाख ७५ हजार रूपैयाँ तिरेर यहाँ आइपुगियो तर दुबर्इमा ल्याएर आफूहरूलार्इ अलपत्र पारिएकाे बताउँछन् उनीहरू ।  २ हजार २ सय दिराम मासिक पारिश्रमिकको सपना देखाइएको तर मासिक ८ सयदेखि १ हजार दिराम बराबरको मात्रै काम गर्नुपर्ने भन्दै दलालले फकाएको चितवनकै अर्का पीडित सुरेश जीसीले बताए ।

युएर्इको सारजाह सहरस्थित एउटै कोठामा सबैलार्इ राखेकाले बस्न समेत समस्या भैरहेको इनरुवा,  सुनसरीका कुशल कार्की बताउँछन् । उनी भन्छन्– ‘हामीसँगै आएका सबै साथीहरुको समस्या उस्तै छ । हामीलार्इ कि काम दिनुपर्‍यो नत्र नेपाल फर्काएर पैसा फिर्ता दिनुपर्‍यो, हाम्रो माग यति मात्र हो ।’

Dubai_Alapatra_Nepali

प्युठानका लाकृखबहादुर केसीको पनि उस्तै माग छ । भिजिट भिसामा जाँदैनौं भन्दा अनेक सपना देखाएर त्यही भिसामा आउन बाध्य पारियो भन्दै केसीले आक्रोश पोखे– ‘म्यानपावरले ठग्ने योजनाअनुसार नै हामीलार्इ फसाएको हो । यहाँ आएपछि क्यापिटल म्यानपावरको ब्रान्च चलाएर बसेका  सुवेदी नै नेपाल पुगेका छन्, हामीलार्इ उद्धारका निम्ति पहल गरिदिनुपर्‍यो ।’

इटहरीका पृथ्वीराज रेग्मी, काठमाडौंका रमेश खड्का, इलामका कुलबहादुर खड्का, गोरखाका सुरेश अछामी र बागलुङका दिपक पुनमगर पनि क्यापिटल म्यानपावरका उदयराज ढकालकै कारण समस्यामा परेका छन् ।

पीडितहरु युएर्इमा अप्ठ्यारोमा परेको खबर प्राप्त हुनासाथ टंक सुवेदीले कार्यभार सुम्पेका भनिएका गुञ्जलार्इ न्युजकोसेली डटकमले सम्पर्क गरी जिज्ञासा राख्दा क्यापिटल म्यानपावरबाट युएर्इमा आएर कोही अप्ठ्यारोमा नपरेको दाबी उनले गरे । आफूलाइ यस सम्बन्धमा केही थाहा नभएको  बताउदै गुञ्जले भने– ‘मलार्इ यससम्बन्धमा केही थाहा छैन, हुन त म क्यापिटल म्यानपावरकै प्रतिनिधि हुँ, सुवदीलार्इ पनि चिन्छु।’

तर, युएर्इमा आएपछि पीडितहरुलार्इ काममा लगाउने जिम्मेवारी नेपालस्थित क्यापिटल म्यानपावरका उदयराज ढकालसँग सुवेदीले नै लिएको बुझिएको छ । क्यापिटल म्यानपावरकै शाखा चलाएर युएर्इ बसिरहेका सुवेदीले केही दिनअघि मात्र गुञ्ज भन्नेलार्इ कार्यभार सुम्पेर हिँडेको स्रोतले बताएको छ ।

गुञ्जले आफूलार्इ थाहा नभएको न्युजकोसेली डटकमसँग बताए तापनि उसले आफूहरुलाइ पटक–पटक आएर भेटिरहेको र अझै आश्वासन दिइरहेको पीडितहरुले बताएका छन् । भेट्दै काम मिलाइदिन्छु मात्र भनिरहने तर अहिलेसम्म कुनै काम नमिलाउने गर्दा आफूहरू ठूलो विचल्लीमा परिरहेको पीडितहरुको भनाइ छ  । आफूहरुलार्इ यथासिघ्र उद्धार गरेर क्षतिपूर्ति समेत दिलाइदिन पीडितहरूले माग गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर